विजयपुर। २ भारतीय महिला लागु औषध (अफिम) सहित पक्राउ परेका छन् ।
उनीहरुलमई झापा मेचीनगर नगरपालिका–६ को न्युन बिशाल होटलबाट २ किलो अफिमसहित पक्राउ पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् ।
प्रतिबन्धित अफिमको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा पक्राउ गरिएको इलाका प्रहरी काकरभिट्टा झापाले जनाएको छ । उनीहरूलाई होटलको कोठा नं. १०५ बाट पक्राउ गरेको हो ।
उनीहरुले प्लाष्टिकको जेब्रा झोला भित्र २ वटा पोका बनाई लुकाएर राखेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान भईरहेको कार्यालयले जानकारी दिएको छ ।