मोरङ । बुधबार दिउसो उदयपुरमा २ जना र मोरङ १ जना लागुऔषध सहित पक्राउ गरिएको छ ।
उदयपुर त्रियुगा ३ भुल्केका ३७ बर्षीय सहिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट, स्पास्माे–प्राेक्साेभेन ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल सहित पक्राउ गरिएको छ ।
त्यस्तै, उदयपुर बेलका -७ का ४० बर्षीय हस्त बहादुर राईलाई ६९०ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मोरङ विराटनगर -१६ हुलास चौक स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लेटाङ ५ का२४ बर्षीय प्रदिप राईलाई लागुऔषध एभिल-१० एम्पुल, लुपिजेसिक-१० एम्पुल, डाईजोलयाप-१० एम्पुल, फेनारगन-९ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
पक्राउ परेका उपर थप अनुसान्धान भईरहेको सो कार्यालयले जनाएको छ ।