सुनसरी । धरानको भानुचोकस्थित तेह्रथुमे होटलबाट मङ्गलबार दिउँसो १ बजे लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङ रहेका छन् ।
उनिहरुलाई धरान भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्रामसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।