धरान। लागूऔषध ओसार–पसार र बिक्री वितरणमा संलग्न भएको आरोपमा प्रहरीले धरानबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै श्रीमान् श्रीमती भएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा धरान–९ का ३३ वर्षीय मुन्ना खान र उनकी ३० वर्षीया श्रीमती आसमा खातुन रहेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार खान दम्पतीलाई मङ्गलबार साँझ धरान–१० धर्मपथबाट पक्राउ गरिएको हो ।

उनका अनुसार शङ्का लागेर खान दम्पती चढेको प्रदेश १–०–२–०४४ प ६३८० नम्बरको मोटरसाइकल रोकेर खानतलासी गर्दा स्पास्मोप्रोक्सिभन प्लस ५ सय ८६ क्याप्सुल बरामद भएको छ ।