धनकुटा। जिल्ला प्रहरी कार्यालय धनकुटाले अबैध रुपमा जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको गाँजा बुधबार नष्ट गरेको छ ।
धनकुटाको शहिदभुमी गाउँपालिका वडा नं. १ चोच्चे भञ्ज्याङबाट बेवारिसे अवस्थामा बरामद गरिएको ४ सय १० केजी गाँजा नष्ट गरेको हो ।
प्रहरीले गत माघ १५ गते सहिदभभुमी गाउँपालिका वडा नं. १ चोच्चेस्थित धरापडाँडाको जंगलबाट ३ सय केजी र गत माघ २५ देखि २९ गतेसम्म सहिदभुमी गाउँपालिका वडा नं. १ कै भञ्ज्याङको जंगलबाट १ सय १० केजी गाँजा काटेर सढाएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।
बरामद गरिएको गाँजा बुधबार जिल्ला प्रहरी कार्यालय परिशरमा जलाएर नष्ट गरिएको हो ।

धनकुटाको सहिदभुमी गाउँपालिकामा अवैध रुपमा गाँजा खेती हुने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सो गाँजा बरामद गरेको एसपी अधिकारीको भनाइ छ ।
यसअघि प्रहरीले लागु औषध नियन्त्रण सम्बन्धी विशेष अभियान अन्तर्गत धनकुटा जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकामा व्यवसायिक रुपमा रोपिएको गाँजा नष्ट गरेको थियो ।