सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की माथि कुटपिट गरेको  आरोप लागेको छ । 

 डिएसपी कार्कीले कार्यकक्षमा बोलाएर आफुमाथि कुटपिट गरेको देवानगञ्जका नारायण मेहताले आरोप लगाएका छन् । इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी मेहताले आफुमाथि भएको कुटपिटको विषय सार्वजनिक गरेका हुन् । 

पत्रकार सम्मेलनमा मेहताले भने, ‘आफन्त माथि भएको कुटपिटको विषयमा उजुरी दिन जिल्ला प्रहरी कार्यालय गएको थिएँ । सोही विषयलाई लिएर बढी बोलिस, तै भँडुवा होस भनेर डिएसपी कार्कीले आफ्नो कार्यकक्षमा बोलाएर ढोका थुनी कुटपिट गरे’ । 

संचारकर्मी समक्ष मेहताले आफुमाथि चैत्र ५ गते कुटपिट गरिएको बताए । उनले आफन्त लक्ष्मण र सीताकुमारी मेहता माथि भएको कुटपिटको घटनालाई प्रहरीले ढाकछोप गर्न खोजेको समेत आरोप लगाए । 

DSP_Inaruwa

उता कुटपिटको आरोप लगाइएका डिएसपी कार्कीले आफुले कोही कसैमाथि हातपात वा दुर्व्यहावर नगरेको प्रतिकृया दिएका छन् । 

उनले मेहताले सामान्य घटनालाई उचाल्न खोजेको र पीडित पक्षलाई थप सास्ती दिन खोजेको पाइएकाले सम्झाई बुझाई गर्ने क्रममा सामान्य गाली भने गरेको बताए । कुटपिट गरेको भनी लगाइएको आरोप भने उनले निराधार रहेको बताए ।