झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट शुक्रबार दिउँसो लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका ४ का २३ वर्षीय सुमन धिमाल र सुनसरी इटहरी २ का २५ वर्षीय अमृत मग्राती रहेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ५ झिम्की चौकबाट धिमाललाई फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र लुपिजेसिक २० एम्पुलसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ दरैयाबाट मग्रातीलाई एभिल ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल, डाइजाल्याप ३ एम्पुल र फेनारगन ३ एम्पुलसहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।