उदयपुर जिल्लाको बेलका नगरपालिका १ आम्बासीस्थित पोलिक्लिनिक सञ्चालक लागूऔषध र नियन्त्रित औषधिससहित पक्राउ परेका छन् ।
बेलका मेडिकल पोलिक्लिनिक प्रालिका सञ्चालक सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरी का २६ वर्षीय सुबोध यादवलाई लागूऔषध र नियन्त्रित औषधीसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
विषेश सूचनाको आधारमा प्रहरीले शुक्रबार राति ११ बजे सो क्लिनिकमा खानतलासी गर्दा ट्रामाडोल हाइड्रोक्लालोराइड– १९८, डिसिक्लोमाइन हाइड्रोक्लालोराइड– ५१५, कोफट्याब–डी–३०५, ट्रामाडोल हाइड्रोक्लालोराइड– ओपिडोल– १५०२, प्रिगउटकिट १०, सिल्डेनाफिल ४ र जुनुग्रा रेड १२ नामक ट्याब्लेट बरामद गरेको छ । नियन्त्रित औषधीसहित नगद एक लाख सत्र हजार रुपैयाँ र मोबाइल १ थान बरामद गरिएको छ ।
बरामद गरिएको सामानसहित क्लिनिकका सञ्चालक यादवलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।