सुनसरीकाे धरानमा ५, इटहरीमा ४, रामधुनीमा २ सहित प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको बिर्तामोडमा ४, भद्रपुरमा २, गौरादह र अर्जुनधारामा १–१, इलामको सुर्योदय र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६०४ पुगेको छ । संक्रमित मध्ये २९ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या २४५ पुगेको छ ।

प्रदेश १ मा आज २४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार ६९८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।