पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८४ पीसीआर परीक्षणबाट आइतबार १ हजार १५ जना संक्रमित फेला परेका छन् । ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट १ हजार ९६ जना संक्रमित बनेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।
२४ घण्टामा २६२ जना डिस्चार्ज भएका छन् । निको हुनेको संख्या २ लाख ७५ हजार ३०० पुगेको छ ।