सुनसरी कोशी गाउँपालिका ४ स्थित जुद्धगञ्जबाट हतियारसहित १ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका – १ का २४ वर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् ।

उनलाई गत राति साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिवचोकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको हो । 

मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगञ्जमा आएको अवस्थामा उनलाई विशेष सुराकका आधारमा पक्राउ गरिएको हो ।  उनी माथी खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । उन उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।