झापा मेचीनगर नगरपालिका ७ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

आज बिहान साढे ९ बजे पूर्व  जाँदै गरेको डब्लुबी ७३बी३३२४ नम्बरको इन्डियन ट्रकले साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर नगरपालिका ८ जोर सिमल का ३० वर्षीय मनोज मेचे गम्भिर घाइँते भएका थिए । उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रक नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजतलास भइरहेको जिप्रका झापाले जनाएको छ ।