बराहक्षेत्र / बराहक्षेत्रमा कोभीड १९ कोरोना वाट २ महिला सहित ३ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा वार्ड नम्बर ७ की ८५ वर्षीया वृद्ध दिलमाया तामाङ्ग र ११ नम्बर वार्डकी ४५ वर्षिया अमोल देवी मुखिया छन् । अर्का पुरुष वार्ड नम्बर १० का ७२ वर्षका उपेन्द्र बस्नेत हुन् ।

 बस्नेत र मुखियाको एक दिनको फरकमा आईतवार तथा सोमवार, चक्रघट्टी स्थित सप्तकोशी क्याम्पसमा बनाईएको कोरोना विशेष बराहक्षेत्र आइसोलेसन सेन्टरमा मृत्यु भएको हो । वृद्धा दिलमायाको भने २० गते आफ्नै घरमा मृत्यु भएको सेन्टरका ईन्चार्ज अहेव प्रमोद यादवले बताए ।

नपामा संक्रमित हुने को संख्या बढेर ४४ पुगेको छ । शनिबार देखि सञ्चालनमा आएको आईसोलेसन सेन्टरमा भर्ना भएका ५ मध्ये २ को ज्यान गएको छ । अहिले सेन्टरमा १ महिला र २ पुरुष गरि ३ जना संक्रमित रहेको अहेव यादवले बताए । 

क्वारेनटाइनमा रहेका सबैको ट्राभल हिस्टोरी काठमान्डौ, विराटनगर ,संखुवासभा वाट आएको र एकजना स्थानिय रहेको यादवले बताए । संक्रमितहरु २ जना निको भएको सेन्टरले जनाएको छ ।

यता निषेधाज्ञा लाई अटेर गर्ने बढे पछि स्थानिय प्रहरीले कडाई गर्न थालेको छ । गाइडलाइन उलन्घन गरि बिना कारण हिंडडुल गरेको भन्दै, चक्रघट्टी स्थित प्रहरी कार्यलयले दर्जन बढि लाई स्थानिय मुनाल चौक,बुद्धचौक र बांगे बजारमा बनाईएको गोलो घेरामा २ घंटा राखेर पठाईएको, इ्रप्रका चक्रघट्टीका प्रहरी निरीक्षक पांडव राजवंशीले बताए ।