नेपाल खेलकुद महासंघको कोभिड १९ विरुद्धको राष्ट्रिय अभियान सुनसरी जिल्लाले वराहक्षेत्रमा रहेका प्रहरी कार्यालयलाई बुधबार स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको माहामारीमा खटिने सुरक्षाकर्मीहरुलाई नेपाल खेलकुद महासंघ जिल्ला अभियानले स्वास्थ्य सामग्री प्रदान गरेको अभियानका सुनसरी जिल्ला संयोजक पूष्प कार्कीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय चक्रघट्टीलाई प्रदान गरिएको स्वास्थ्य सामग्रीमा माक्स १ हजार प्रति, सेनिटाइजर ५ लिटर, डिटोल साबुन १० पिस रहेको छ । त्यस्तै इप्रका.चतरालाई ५ सय प्रति माक्स, सेनिटाइजर ५ लिटर, प्रहरी चौकी भरौललाई ५ सयप्रति माक्स, सेनिटाइजर २ लिटर, साबुन ६ वटा, अस्थायी प्रहरी पोस्ट नहडालाई माक्स ५ सयप्रति, सेनिटाइजर २ लिटर, साबुन ६ वटा रहेका छन् ।
त्यस्तै अस्थायी प्रहरी पोस्ट बाङ्गेलाई माक्स ५ सयप्रति, सेनिटाइजर २ लिटर, साबुन ६ वटा प्रदान गरिएको छ ।
वराहक्षेत्रमा जम्मा माक्स ३ हजार प्रति, सेनिटाइजर १६ लिटर, साबुन ३४ वटालगायत स्वास्थ्य सामग्री प्रदान गरिएको अभियानका सुनसरी जिल्ला संयोजक कार्कीले जानकारी दिए ।
नेपाल खेलकुद महासंघको विशेष अभियान ‘कोभिड– नो भिड’ अभियानअन्तर्गत सुनसरी जिल्ला संयोजक पुष्प कार्कीको संयोजकत्वमा अभियान सञ्चालन भइरहेको छ । अभियानका स्थायी कमिटी सदस्यमा सुरेश कार्की, केन्द्रीय सदस्यहरु ईश्वरविक्रम शाह, अरुण अम्बुले राई, उमेश सुवेदी, प्रदेश सहसंयोजक भेषराज कार्कीलगायतको उपस्थिति रहेको थियो । इप्रका चक्रघट्टी इञ्चार्ज प्रहरी निरीक्षक पाण्डव राजवंशीले महासंघको अभियानलाई धन्यवाद ज्ञापन गरेका थिए ।