वराहक्षेत्र÷कोरोना संक्रमण दर बढेपछि वराहक्षेत्रमा संक्रमितको घर र सार्वजानिक स्थान लाई सेनिटाईज गरिन थालिएको छ । नेपाली कांग्रेस पार्टीको नगर समितिले नगरको विभिन्न वार्डमा रहेको संक्रमितको घर र सार्वजानिक स्थानमा सेनिटाइजर औषधीको स्प्रे गरेको हो ।

पार्टीको कोरोना नियन्त्रण,व्यवस्थापन तथा परिचालन समितिले विहिवार २ नं. वार्डमा ३० संक्रमितको घर,स्वास्थ्य केन्द्र र १ नं वार्डको प्रहरी कार्यलयमा २० लीटर सोडियम हाइपोक्लोराइड छिटिएको, परिचालन समिति का सदस्य नेका महासमिति सदस्य अनु गुरुङ्गले बताईन् । गुरुङ्गले,सोमवार वाट शुरु गरेको अभियानमा अहिले सम्म ६,७ र ८ वार्ड मा संक्रमितको घर लाई सेनिटाइज गरिएको बताईन् ।

नेका पार्टी नगर समितिले आईतवार रमेश कार्कीको संयोजकत्वमा १ सय १ कोरोना नियन्त्रण,व्यवस्थापन तथा परिचालन समिति गठन गरेको हो । 

समितिले संक्रमित लाई पौष्टिक सामाग्री दिईने, उनीहरुको को घरमा तथा बढि भिडभाड हुने सार्वजानिक स्थान लाई सेनिटाइज गर्ने, र विपन्न लाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईने निर्णय गरेको छ । 

मध्यम वर्गीय परिवारले एम्बुलेन्सको भाडामा आधा छुट पाउने छन् । स्थानिय जनहित क्लव,उद्योग वाणिज्य संघ र चक्रघट्टी जेसीसको एम्बुलेन्स प्रयोग गरिने गुरुङ्गले जानकारी दिईन् ।