वराहक्षेत्र÷कोराना संक्रमण नरोकिएपछि वराहक्षेत्र को वार्ड नं. २,६ र १० एक हप्ताको लागि सील गरिएको छ । विहिवार नगर कार्यलयमा बसेको ११ वटै वार्डका अध्यक्ष,प्रहरी,स्वास्थ कर्मी को सहभागी बैठकले पूर्ण निषेधाज्ञा लागु गरेको हो । बैठकले सम्बन्धित वार्डमा बिरामी र स्वास्थ वाहेक केही हिंडडुल गर्न नपाउने निर्णय गरिएको वार्ड नं. २ का अध्यक्ष हरिकृष्ण भट्टराईले बताए ।
यता डाक्टरमा कोरोना पोजेटिभ देखिएपछि वार्ड नं. स्थित प्राथमिक स्वास्थ्य केन्द्र अनश्चित समयको लागि बन्द भएको छ । जेठ २ गते गरिएको पिसीआर जांचमा दुई डाक्टर सहित ३ संक्रमित भएको केन्द्रका प्रबन्ध निर्देशक डाक्टर अनिल गिरीले बताए । अर्को सुचना नआए सम्म आकस्मिक बाहेक सबै सेवा बन्द रहने उनले बताए । नपामा कोरोना संक्रमण दर बढेर १ सय ९७ पुगेको छ ।
नपामा कोरोना वाट २८ पुरुष सहित ४१ जना निको भएका छन् , निको हुनेमा १३ महिला छन् । महामारीले वार्ड नं. २,५,७,१० र११ का ४ महिला र ३ पुरुषको निधन भएको, नगरका जन स्वास्थ्य निरीक्षक उमेश मेहताले बताए ।