ब्लाष्टखबर ।  धरान १७ का  कोरोना संक्रमितको पुरूषकाे मृत्यु भएको छ ।  धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठनको कोभिड अस्पतालमा ७३ वर्षीय सक्रमित पुरुषको मृत्यु भएको उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले जनाएका छन् । 

मेहताका अनुसार गयराती ७ बजे ती पुरुषको मृत्यु भएको हो । मृतकाको स्वास्थ मापदण्ड पालना गरी परिवारले नै अन्तिम संस्कार गर्ने भएको  महाशाखा प्रमुख मेहताले  जनाएका छन । 

त्यस्तै, बिहिबार साँझ धरानमा थप ६० जना कोराना संक्रमित थपिएको मेहताले बताएका छन । थपिएका संक्रमितहरुको पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । योसंगै धरानमा दोस्रो लहरमा १ हजार ३०६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने, २३ जनाको मृत्यु भएको छ ।