विराटनगर / कोरोना संक्रमितको उपचार सुरू गरेको कोशीले कोभिड अस्पतालमा अक्सिजन सिलण्डेर अभाव हुने देखिएपछि सहयोग आउन सुरू भएको छ ।
कोशी अस्पताललाई विराटनगर महानगरपालिको शुक्रबार आज अक्सिजन सिलेण्डर दिने भएको मेसु दासले जानकारी दिए । ‘अहिले कोशीमा ८५ अक्सिजन सिलेण्डर रहेको छ ।
कोभिड अस्पताल संचालनमा आएपछि कम्तिमा पनि ३ सय अक्सिजन सिलेण्डर आवश्यक पर्दछ,’ उनले भने, ‘अक्सिजन सिलेण्डर अभाव हुने देखिएकोले विराटनगर महानगरपालिकाले आज ५० वटा सिलेण्डर दिने भएको छ ।’
कोभिड अस्पताल संचालनमा आएपछि अन्य संघसंस्थाहरुले अक्सिजन सिलेण्डर सहयोग गर्ने जानकारी गराएका छन् । ‘केही सिण्लेडर रेडक्रसर र उद्योगहरूदेखि संकलन गरेर ल्याउने स्थानिय प्रशासनले जानकारी दिएको छ,’ उनले भने, ‘कोभिड अस्पताल संचालनमा आइसक्दा प्रयाप्त मात्रमा आक्सिजन सिलेण्डर जुटाउने जानकारी आएको छ ।’
