यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकामा ६ जना कोरोना संक्रमित भएका छन् ।
कुम्मायक गाउँपालिकामा शुक्रवार १४ जनामा एनटिजेन परिक्षण गर्दा ६ जनामा संक्रमण देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले बताए ।
शुक्रबार गाउँपालिकाले कुम्मायक—१ स्थीत सिम्लेमा ७ जनामा परिक्षण गरेको थियो । परिक्षणको क्रममा एउटै टोलका ५ जना संक्रमित भएका छन् ।
त्यस्तै सोही दिन गाउँपालिकामा कार्यरत ७ जना कर्मचारीलाई परिक्षण गर्दा १ जना संक्रमण फेला परेको हो । यो सहित गाउँपालिकामा संक्रमित हुनेको संख्या ६ पुगेको छ ।

गाउँ गाउँमा संक्रमण फेला परेपछि उच्चसर्तकता अपनाउँन आग्रह गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताए । यस अघि गाउँमा बिवाह, भोज भएको थियो । सोही बिवाहमा सम्लग्न भएका ५ जनालाई संक्रमण देखिएको कुम्मायक १ का वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले बताए ।
बिवाहपछि गाउँमा रुघाखोकी र ज्वरो लक्षण देखा प¥यो । उनले भने, त्यसपछि गाउँका ७ जनामा एनटिजेन परिक्षण गर्दा ५ जना संक्रमित भेटिएको छ । लावतीले भने ।
गाउँमा संक्रमित नागरिकहरुको संख्या बृद्धि भएपछि गाउँपालिकाको आपतकालीन बैठक बसी स्वास्थ्य, परामर्श र राह्रत लगायतका सेवा तत्काल उपलब्ध गराउँने भएको छ ।
कोरोना रोकथाम तथा न्यूनीकरण समिति सम्योजक तथा गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले परिक्षणको दायरा बढाउँने, संक्रमित नागरिकको रेखदेख गर्ने, फिदिम—यासोक सडक खण्ड बन्द गर्ने जस्ता निर्णय गरेको छ ।
त्यस्तै गाउँपालिका र वडाबाट हुने अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा प्रवाह १७ गतेसम्मको लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।