धरान । एनसेल आजियाटा लिमिटेडले कोरोना महामारीको जोखिम कम गर्न सरकारलाई अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो लट शुक्रबार हस्तान्तरण गरेको छ ।

एनसेलले १५० थानभन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्घताअनुरुप पहिलोचरणको अक्सिजन हस्तान्तरण गरेको हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरे । 

Photo 1 (1)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस सहयोगले गम्भीर बिरामी भई श्वासप्रश्वास प्रणालीमा समस्या झेलिरहका मानिसको जीवन बचाउन योगदान दिने बताए । 

गत वर्ष एनसेलले सरकारद्वारा स्थापित कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गरेका थिए । एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोन गरी कोरोनाभाइरस रोगसम्बन्धी जिज्ञासा चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिने पनि बताइएको छ ।

Photo 2 (1)