थप आठ हजार ६०७ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या चार लाख ९७ हजार ५२ पुगेको छ ।
थप २३ हजार २२६ जनाको पिसिआर परीक्षण तथा ८७३ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । पिसिआर विधिबाट आठ हजार ४०७ तथा एन्टिजेनबाट २०० जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म पिसिआर परीक्षण गराउनेको संख्या २८ लाख ७८ हजार १४६ पुगेको छ । हाल ९१२ संक्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म तीन लाख ७४ हजार ८३६ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर सात हजार ८९० संक्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७५ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख १६ हजार १९२ सक्रिय संक्रमित छन् ।

काठमाडौँ उपत्यकामा दुई हजार ४४७ संक्रमित थपिए
काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार ४४७ संक्रमित थपिएका छन् । ती काठमाडौँमा एक हजार ७५२, ललितपुरमा ४०० तथा भक्तपुरमा २९५ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा हाल सक्रिय संक्रमितको संख्य २२ हजार १९३ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ५० हजार १९३ निको भएका छन् भने एक हजार ३६७ संक्रमितको मृत्यु भएको छ ।
यस्तै ललितपुरमा हाल ६ हजार ८५६ सक्रिय संक्रमित रहेका छन् । हालसम्म २२ हजार ४३६ संक्रमित निको भएका छन् भने कोरोनाबाट ३६३ संक्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुरमा चार हजार ८६४ सक्रिय संक्रमित छन् ।
निको हुनेको संख्या १२ हजार ६७८ रहेको छ भने २७१ संक्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट थप १७७ संक्रमितको मृत्य
पछिल्लो समय संक्रमणबाट थप १७७ संक्रमितको मृत्यु भएको छ । यो सँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ । बिहीबार कोरोनाबाट १९० संक्रमितको मृत्यु भएको थियो ।