संखुवासभामा पहिलो पटक कोरोना भाइरसबाट शुक्रबार दिउँसो दुई जनाको मृत्यु भएको छ ।
मृतयु हुनेमा सिलिचोङ गाउँपालिका ५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका १ का ६२ वर्षी हितकुमार नालामी रहेको जिल्ला अस्पताल संखुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिइन् । संखुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन् ।