विराटनगर/ विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको कारोनो संक्रमणबाट मृत्यु भएको छ ।

विराटनगर १० घर भएका ५० वर्षिय परासरको उपचारको क्रममा विराट मेडिकल कलेजको कोभिड अस्पतालमा शनिबार ७ बजे मृत्यु भएको कोभिड इन्चार्ज सुनिल देवले जानकारी दिए ।

कोरोना संक्रमण भएपछि परासर वैशाख ३१ गते अस्पताल भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि सुरुमा जेनेरल वेर्डमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्यमा थप समस्या आएपछि बिहीबार बेलुका भेन्टिलेटरमा राखेर उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

परासरको एक जना छोरा, एक छोरी  र श्रीमति रहेका छन् । उनको शव अहिले विराटमा मेकिडल कलेजमा रहेको छ । १ बजे विराटनगरस्थित परोपकार घाटमा दाहासंस्कार गरिने बुझिएको छ ।