भद्रपुर। भद्रपुरस्थित मेची कोरोना विशेष अस्पतालमा उपचारमा रहेका विरामीहरूले समयमा खाना खान नपाँउदा रोगबाटभन्दा भोक बाट मर्ने अवस्था आएको भन्दै ज्यान बचाइदिन अपील गरेका छन् ।

रोगसित लड्न अतिआवश्यक खानपान व्यवस्थापकीय कामजोरीले  समयमा पाउन नसकिने अवस्थाका कारण अस्पतालमा उपचाररत विरामीले रोगबाटभन्दा भोकले मर्नु पर्ने अवस्था आएको भन्दै भिडियो मार्फत सार्वजनिक अपील गरेका हुन् ।

कोभिड १९ सङ्क्रमणले सिकिस्त भएका विरामी मात्र उपचारका लागि पुग्ने गरेको कोरोना विशेष अस्पताल व्यवस्थापकीय लापरबाहीले भोक सहेर बस्न नसकिने अवस्थामा पुगेको विरामीहरूले गुनासो गरेका छन् ।

अस्पतलमा रहेका विरामीहरूका अनुसार कोभिड १९ उपचार अस्पतालमा विहानको नास्ता ९ वजेपछि आइपुग्ने गरेको छ भने खाना मध्यान्न १ वजेपछि आउने गर्दा खानपानको समय अनियमित भएको उनीहरुको गुनासो छ ।

जसका कारण विराम निको हुन समय लाग्ने उनीहरु बताउँछन् । विरामीहरूका लागि खाने, बस्ने व्यवस्थापन  कमजोर रहेको अस्पतालमा उचित सरसफाई र पोषणयुक्त खानाको व्यवस्थापन कमजोर रहेको सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।

अस्पतालमा रहेका विरामीहरूले भिडियो मार्फत रोगबाट छिटो छुट्कारा पाउन, समयमा खाना पाउने वातावरण बनाइदिन सरोकारवालासित आग्रह गरेका छन् ।

उनीहरूले रोगबाट होइन भोकबाट मनु पर्ने बाध्यकारी अवस्था अन्त्यको माग समेत गरिरहेका छन् ।