धरान । कोरोना संक्रमणको कारण धरान १५ का एक वृद्धको मृत्यु भएको छ । 

उच्च रक्तचापबाट पीडित रहेका ८२ वर्षीय वृद्धलाई जेठ ४ गते कोरोना पुष्टि भएको थियो । उनलाई जेठ ४ गते नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो । उनको आज ११ बजेर ३० मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूरामणि पोखरेलले जानकारी दिए । 

शवको व्यवस्थापन नियमानुसार भइरहेको छ । धरानमा योसँगै मृतकको संख्या २४ पुगेको छ । कोरोनाको दोस्रो लहरपछि धरान मृत्यु संख्या पनि बढिरहेको छ । पहिलो संक्रमणको बेला पनि ७६ जनाको ज्यान गएको थियो ।