विराटनगर / फ्रन्टलाइनमा रहेर कोरोना संक्रमितको उपचार गर्दै आएका विराटनगरस्थित कोशी अस्पताल भित्र संचालनमा आएको कोभिड उपचार युनिटमा खटिएका चिकित्सकहरूलाई गुणस्तरहिन पिपिइ दिएको पाइएको छ । यहाँका कार्यरत चिकित्कसलाई दिएको पिपिइ च्यातिएको पाइएको हो । 

बिहीबारदेखि संचालनमा आएको ६२ शैय्याको कोभिड अस्पतालको भेन्टिसहितको आइसियू र एचडियूको शैय्या संक्रमितले भरिएका छन् । यहाँ अहिले १६ जना भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी सिफ्ट मिलाएर कोरोना संक्रमितको उपचार गर्दै आएका छन् । तर, फ्रन्टलाइनमा रहेर संक्रमितको उपचारमा खटिने चिकित्सकलाई अस्पतालले दिएको  पिपिए च्यादिएको रहेको कोशी अस्पताल भित्र कोभिड १९ का विरामीको उपचार गर्दै आएका एक जना चिकित्सकले बताए । ‘आफ्नो ज्यान दाउँमा राखेर फ्रन्टलाइनमा रहेर कोरोना संक्रमितको चिकित्सकको उपचार गर्दै आएका छौं । तर, हामीलाई अस्पतालले दिएको पिपइ गुणस्तरहिन रहेको छ,’ कोरोना संक्रमितको उपचार गर्दै आएका ती चिकित्सकले भने, ‘यहाँका चिकित्सक र स्वास्थयकर्मीलाई दिएको पिपीइ च्यादिएको छ । यस्तो पिपिइ लगाएर संक्रमिको उपचारमा खटिदा संक्रमण सर्ने खतरा हुन्छ ।’ रातदिन नभनी विरामीको ज्यान बचाउन खटिने स्वास्थ्यकर्मीहरुलाई दिने स्वास्थ्य कवच पिपिइ त गुणस्तरीय दिनुपर्ने उनीहरूले बताएका छन् । कोशीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले गुणस्तरीय पिपिइ दिन अस्पतालसँग माग गरेका छन् । ‘विरामीको ज्यान बचाउन अग्रपन्तीमा रहेर कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सलाई दिने पिपिइ त गुणस्तरीय हुनुप¥यो । हामीले अस्पताल प्रशासनलाई जानकारी गराएका छौं । अहिलेसम्म कुनै सुनवाइन भएको छैन,’ कोशी अस्तपालका एक चिकित्सकले भने, ‘विरामीलाई मर्न त दिनु भएन । त्यही भएर च्यातिदिएको पीपीइमा टेप लगाएर पनि अहिले उपचार गर्दै आएका छौं ।’

कोशी भित्रको कोभिड अस्पतालमा संक्रमितको उपचार गर्ने चार वटा चिकिस्सको टिम बनेको छ । चार जनाको दरले चार सिपटमा काम हुने गरेको छ । प्रत्येक टिममा मेडिकल कन्सलटेण्ड चिकित्सकसहतिका स्वास्थ्यकर्मी रहेका छन् । 

यता कोशि अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले अहिले आएको पिपिए सहयोगमा आएकोले हामीले उपचारमा खटिने चिकित्सकलाई दिएका बताए । ‘च्यातिदिएको पिपिए भनेर अहिलेसम्म मलाइ कुनै जानकारी आएको छैन,’ उनले भने, ‘अस्पतालले पिपीए खरिद गर्न प्रक्रिया अगाडी बढाएको छ ।  केही दिन भित्रमा हामीले ल्याउने पिपिइ आइसक्छ । त्यो पिपिए गुणस्तरी हुनेछ ।’ 

कोशी भित्र संचालनमा आएको कोभिड अस्पतालमा ५ शैय्याको भेन्टिलेटरसहितको आइसियू, २५ वटा एचडीयू, ३२ वटा अक्सिजनसहितको जेनेरल बेड रहेको छ । शनिबारसम्म आइसियू र एचडियूमीमा राखेर २६ जना संक्रमितको उपचार भइरहेको छ । १० जना अस्पताल भित्रको आइसोलनमा रहेको अस्पतालले जनाएको छ ।