संखुवासभा । जिल्लाको सिलिचोङ गाउँपलिका वडा नं. ५ याफुका जंगली च्याउ खाँदा एकै घरको ९ जना विरामी परेका छन् ।

गत शुक्रबार रातिदेखि घरका बुवा बुद्ध बहादुर राई र आमा बुद्धि माया राईसहित परिवारका नौ जना विरामी परेका छन् । विरामी पर्नेमा छोराहरु महेन्द्र राई, बिरेन्द्र राई, शहदेव राई, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् । 

शुक्रबार साँझ जंगलबाट फर्किने क्रममा च्याउ टिपेर ल्याई खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई वान्त हुन थालेको स्थानीय प्रेम मेवाहाङले जानकारी दिए । 

याफु आधारभूत स्वास्थ्य सेवा इकाईबाट ९ जना मध्ये ८ जनालाई जिल्ला अस्पताल खाँदबारी प्रेषण गरिएको छ ।

नौ जनाको परिवार मध्ये बुवा भने याफू आधारभूत स्वास्थ्य ईकाईमा नै उपचार भईरहेको र अन्यको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको छ ।

किड्नी र कलेजोमा बढि समस्या देखिएकोले अस्पतालबाट विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रेषण गर्ने तयारी गरिरहेको अस्पतालले जनाएको छ ।