ताप्लेजुङ /ताप्लेजुङमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
फुङलिङ नगरपालिका–४ की ६९ वर्षिया र सिरिजंघा गाउँपालिका–४ का ८० वर्षिया वृद्धाको मृत्यू भएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।
मुटुरोग, प्रेसर, मधुमेहकी बिरामी रहेकी फुङलिङकी महिलाको अवस्था जटिल देखेपछि जिल्ला अस्पतालले रेफर गरेको अस्पतालका प्रमुख डा.सोनिङ लामाले बताए ।
उता सिरिजंघाकी महिलालाई श्वास फेर्न समस्या भएपछि आफन्तले शनिबार राति प्राथमिक स्वास्थ्य केन्द्र ल्याएका थिए । त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना देखिएको थियो ।

त्यहाँ उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका कोभिड १९ फोकल पर्शन हेमराज कठायतले बताए ।
जिल्लामा हालसम्म ८ संक्रमितले ज्यान गुमाइसकेका छन् । दोस्रो लहर सुरु भएयता कोरोनासँग मिल्दोजुल्दो लक्षणभएका थप ३ जनाको समेत मृत्यु भइसकेको छ । यहाँ सक्रिय संक्रमित ४ सय बढी छन् ।