धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टरनल मेडिसिनका एसोसिएट प्रोफेसर डा. दिव्यराज मिश्रा सहायक अस्पताल निर्देशकमा नियुक्त भएका छन् । 

पल्मोनोलोजिष्ट मिश्रालाई प्रतिष्ठानको नियमावलीअनुसार उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नियुक्त गरेका हुन् । दुई वर्षे कार्यकालका लागि अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहको सिफारिसमा मिश्रालाई सहायक अस्पताल निर्देशकमा नियुक्त गरिएको हो । 

डा. मिश्राले सन् २०१८ मा बीपी प्रतिष्ठानमा पल्मोनोलोजीमा विशेषज्ञता हासिल गरेका थिए । डा. मिश्राले विभिन्न देशबाट अवार्ड प्राप्त गरेका छन् । उनी सन् २०१९ मा अमेरिकाको अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीबाट ‘इन्टरनेशनल डेपलममेन्ट एण्ड एजुकेशन अवार्ड’ बाट सम्मानित भएका थिए । सन् २०१८ मा इन्टनेशनल एसोसिएसन फर दी स्टडी अफ लङ क्यान्सर एकेडेमी अवार्ड पनि प्राप्त गरेका थिए । यस्ता थुप्रै पुरस्कारबाट पुरस्कृत बनेका डा. मिश्राले आफ्नो कार्यकाल सफल पार्न सबैको साथ सहयोग आवश्यक रहने बताए ।