सिरहा। जनमत विद्यार्थी संघ सिरहाको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

उक्त रक्तदान कार्यक्रम कल्याणपुर नगरपालिका वडा नं.११ मा रहेको  दुर्गा मन्दिरको प्राङ्गनमा आयोजित कार्यक्रममा ४३ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् ।

जनमत विद्यार्थी संघ सिरहाका अध्यक्ष अरबिन्द सहनीले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।