धरान । गोर्खा सेमेटूी टूस्ट हङकङले नेपाल सरकारलाई पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण छ । 

भेन्टिलेटर अभाव भइरहेको बेला टूस्टले आर्थिक संकलन गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । सरकारलाई हस्तान्तरण गर्ना साथ नेपालस्थित गोर्खा सेमेटिू टूस्ट नेपालले ती भेन्टिलेटरहरु आवश्यक ठहर गरिएका नेपालका विभिन्न अस्पतालहरुमा दुइदिनदेखि आफै वितरण गर्न थालेको छ ।

राष्टिूय खेलकुद परिषदका निर्देशक समेत रहेका नेपालस्थित गोर्खा सिमेटूी टूस्टका अध्यक्ष महेन्द्र राई हङकङस्थित टूस्टबाट प्राप्त भएका भेन्टिलेटर वितरण गर्न आफै नेपालको पश्चिम क्षेत्रमा पुगेको बताए । उनले भने, ‘सरकारलाई हस्तान्तरण भइसकेपछि भेन्टिलेटरको अति आवश्यक परेको अस्पतालहरु पहिचान गरेर वितरण गर्दैछौं ।’

उनकाअनुसार शनिबारसम्ममा ५० थान मध्ये पोखराको प्रादेशिक अस्पताललाई ५ थान, म्याग्दीको सामुदायिक अस्पताललाई २ थान, बाग्लुङ अस्पताललाई २ थान, लुम्बिनी प्रादेशिक अस्पताल र दाङको बेलझुण्डी अस्पताललाई चार÷चार थान वितरण भइसकेको छ । एनेस्थेसिया विभाग र जनशक्ति नभएका अस्पतालमा भने भेन्टिलेटर उपलव्ध नगराएको उनले बताए । उनले पुर्वका विभिन्न अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि पोर्टेवल भेन्टिलेटर दिने तयारी भइरहेको बताए ।

हङकङस्थित सरकारी विद्यालयका शिक्षक समेत रहेका टूस्टका कार्यकारी सदस्य देवराज राईले  पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर नेपाल सरकारलाई पठाएर  वितरण पनि भइरहेको बताए । 

टूस्टले नेपालका कोरोना संक्रमितहरुका लागि हङकङमा रहेर अन्तराष्टिूय समुदाय र गैर सरकारी संघसंस्था, विश्वभरी छरिएर बसेका नेपाली दातासंग सहयोगको आव्हान गरेको थियो । उनकाअनुुार हङकङस्थित टूस्टले पहिलो चरणमा १७ हजार अमेरिकी डलरको पोर्टेवल भेन्टिलेटर खरिद गरेर नेपाल पठाएको हो । उनले  भने, ‘हामीले सुरुमा १५ वटा सम्म भेन्टलेटर संकलन गरेर नेपाल पठाउन सकिन्छ होला भन्ठानेका थियौं, तर दाताहरुले विश्वास गरेर हालसम्ममा ३ लाख २० हजार हङकङ डलर दिएका छन् । उक्त रकमलाई नेपालको कोरोना संक्रमित गम्भीर विरामी बचाउनका लागि प्रयोग गर्ने छौं । कतिपय दाताहरुले अझै पनि रकम र भेन्टिलेटर नै दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । टूस्टले पारदर्शीरुपमा उहांहरुबाट पनि आर्थिक र जिन्सी संकलन भइरहेको छ ।’

टूस्टका सचिव अमोद राईले पहिलो चरणमा पठाएका अधिकांस भेन्टिलेटर काठमाण्डौ, पोखरा, दाङ लगायतका नेपालको पश्चिमी क्षेत्रमा वितरण भइरहेको बताए । उनले भने, ‘जहा बढी अभाव देखिएको छ त्यहा पहिले वितरण गर्नेक्रम जारी छ ।’ अमोद पनि हङकङमै शिक्षण पेशामा आवद्ध भएर टूस्ट मार्फत अन्तराष्टिूय संघसंस्थासंग सिधा सम्पर्क र समन्वय गरेर नेपालका कोरोना संक्रमितको उपचारका लागि आवश्यक मेडिकल उपकरणको सहयोग जुटाउन व्यस्त छन् ।

नेपालका कोरोना संक्रमितहरुका लागि आवश्यक आर्थिक र मेडिकल उपकरण जुटाउन गोर्खा सिमेटूी टूस्ट हङकङका अध्यक्ष रत्न खिम्दीङ, युवा अभियन्ताहरु युकेस राई र सजंय राई पनि अहोरात्र जुटीरहेका छन् । 

टूस्टका हङकङ अध्यक्ष रत्न खिम्दिङले भने, ‘विदेशमा बसेका नेपालीहरुले अहिले आफ्नो मातृभूमिलाई परेको कोरोना संकटको बेला तन मन र धन दिएर सहयोग नगरे कहिले गर्ने ? देशको सेवा गर्ने अवसर पनि हो यो । हामीले गरेको सानो सहयोगले कसैको ज्यान बचाउन सकिन्छ भने त्यो भन्दा ठूलो सेवा अरु के हुन सक्छ भनेर गोर्खा सेमेटिू टूस्ट लागीपरेका छ ।’ टूस्टले पहिलो र दोश्रो विश्वयुद्धमा सहभागी भएर विभिन्न मुलुकमा वीरगति प्राप्त गर्ने गोर्खाहरुको संरक्षित चिहान, नामावली संकलन गरेर प्रत्येक बर्ष पुर्खा दिवस समेत मनाउदै आएको छ भने हङकङमा गोर्खा टूेल रेस आयोजना गरेर संकलित रकम नेपालका बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको छ ।