विराटनगर । प्रहरीले लोपन्मुख जीव कछुवासहित चार जनालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका .–८ स्थित सिक्टी विश्वकर्मा कुडेली सडकखण्डबाट ईलाका प्रहरी कार्यालय रंगेलीले कछुवासहित चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका –१ का ४३ वर्षिय जिवन गुरुङ, सुनवर्षी नगरपालिका १ केचना शुक्रवारे बस्ने २५ वर्षिय दिपक भन्ने मेघराज थापा, सोही ठाउँका २१ वर्षिय निरज खड्का र २० वर्षिय आकाश रायमाझीलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मे १० प ५६२ नम्वरको मोटरसाईकल चेकजाँचको क्रममा मोरङ पथरी शनिश्चरे नगरपालिका –१ पूर्व बस स्टेण्ड बस्ने ४३ वर्षिय जिवन गुरुङ र पछाडी सवार मोरङ सुनवर्षी नगरपालिका१ केचना शुक्रवारे बस्ने २५ वर्षिय दिपक भन्ने मेघराज थापाले खैरो रङको झोला भित्र अन्दाजी ८ केजी तौल भएको कछुवा र को २३ प ५९३१ नम्वरको मोटरसाईकलमा सवार सुनवर्षी नगरपालिका १ केचना शुक्रवारे का २१ वर्षिय निरज खड्का र सोही ठाउँका २० वर्षिय आकाश रायमाझीलाई पक्राउ गरेको हो ।
खड्का र रामयमाझीले कछुवा ल्याउनमा सहयोग गर्ने कार्यमा संम्लग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चार जनालाई प्रहरीले आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय आमतोला रंगेली मोरङमा बुझाईएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
