विराटनगर । तस्करीको औषधीसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मोरङ प्रहरीले भारतीय नागरिक दिनेश महतोलाइ तस्करीको औषधीसहित पक्राउ गरेको हो । 

महतोले तस्करीको औषधी राख्न भाडाको घर प्रयोग गर्ने गरेको खुलेको छ । भारतदेखि ल्याएको तस्करीको औषधी विराटनगर महानगरपालिका ९ स्थित ट्राफिक चोकमा अशोक भट्टराईको घर कोठा भाडामा लिई भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी विभिन्न औषधी तथा खाध्य प्रोडक्स सामाग्रीहरु राख्ने गरेको अनुसन्धानदेखि खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । 

प्रहरीले महतोको कोठादेखि  केफि  प्राे ५० थान, एजिरेस्ट ५६ थान, क्वाइन्स १६९पिस र  विभिन्न खाद्य प्रोडक्सहरू बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।