मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकाले संचालन गारेको कोभिड अस्पतालमा रहेका कोभिड संक्रमीत र विरामीका कुरुवाहरुका लागि राष्ट्रिय युवा संघ नेपाल मिक्लाजुङले आज बिहिबार बाट निःशुल्क खान खुवाउने कार्यक्रमको सुरु गरेको छ ।
बिहीबार बिहान मिक्लाजुङ गाउँपालिकाले वडा नं. ९ मा रहेको कोभिड अस्पतालका बिरामीहरुलाई जाउलो, दुध र अण्डा दिएर निःशुल्क खाना खुवाउने कार्यक्रमको थालनी गरिएको राष्ट्रिय युवा संघ मिक्लाजुङ अध्यक्ष सन्तोष खम्बुले बताए।
कोभिड संक्रमीतहरुलाई घरबाट खाना ल्याउन सम्स्या हुने र संक्रमीतीको स्याहारमा खटिदा खटिदै घरपरिवामा समेत संक्रमण फैलन सक्ने जोखीमलाई न्युनीकरण गर्ने उदेश्यले निःशुल्क बिरामी र बिरामीका कुरुवाहरुका लागि निःशुल्क खान कार्यक्रम राखिएको खम्बुले बताए ।
कोभिडको दोस्रो लहर ग्रामीण क्षेत्रमा बढीरहेकाले यसलाई सान्यीकरण गर्दै गाउँ तथा समुदायलाई सुरक्षीत राख्नका लागि राष्ट्रिय युवा संघ मिक्लाजुङले अब कोभिड अस्पतालमा भएका संक्रमीत र बिरामीका कुरुवाहरुलाई निःशुल्क खाना कार्यक्रमलाई निरन्तरता दिने युवा संघ मिक्लाजुङका सिचिब सुनिल माखिल बताए ।

निःशुल्क खान वितरण कार्यक्रम मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईको उपस्थिती रहेको थियो । राष्ट्रिय युवा संघले शुरु गरेको संक्रमीत र संक्रतीका कुरुवाहरलाई खान खुवाउने कार्यक्रम रामो भएकाले प्रशंसा गर्दै उपाध्यक्ष राईले राष्ट्रिय युवा संघ मिक्लाजुङलाई धन्यवाद ज्ञापन गरे ।
बिरामीहरुलाई उच्च मनोबल बनाउन र नडरान सुझाब दिदै स्वास्थ्य सम्बन्धी समस्या भए स्वास्थ्यकर्मी र आफु लाई समेत जानकारी गराउन बिरामीहरुलाई उपाध्यक्ष राईले अपिल गरे ।
निःशुल्क खान वितरण कार्यक्रममा राष्ट्रिय युवा संघ जिल्ला सदस्य शुशिल न्यौपाने, प्रदेश कमिटि सदस्य छत्र डाँगी, युवा संघ केन्द्रीय सदस्य शुशिलाज चौहान, नेकपा एमाले मिक्लाजुङका सचिब नविन कार्कीको उपस्थिती रहेको थियो ।