ब्लाष्टखबर । धरान स्थित वीपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संङ्घर्ष समितीले प्रतिष्ठानका पदाधिकारीहरुले प्रयोग गर्ने गाडीको चाबी नियन्त्रणमा लिएको छ ।
संघर्ष समितीले प्रतिष्ठानका रेक्टर , रजिस्ट्रार , अस्पताल निर्देशक प्रयोग गर्ने गाडीको चाबी नियन्त्रणमा लिएको जेआरडव्लुएसका उपाध्यक्ष पदम नेपालीले बताएका छन् । उनका अनुसार प्रतिष्ठानको सेवा उपभोग गरेर प्रतिष्ठान धारासायी हुदाँ पनि मुकदर्शक मात्र भएकोले सेवा उपभोग गर्न योग्य नचएको भन्दै चाबी नियन्त्रणमा लिएको हो ।

प्रतिष्ठानको सुधार गर्ने योजनासहित शुद्धिकरणको मुद्दामा सम्बोधन गरेपछि मात्र चावी फिर्ता गरीने नेपालीले बताएका छन् ।
१२ दिनदेखि आन्दोलन गर्दै आएका सङ्घर्ष समितिले सम्पूर्ण फ्याकटी, जुनियर रेसिडेण्ट, विधर्थी, कर्मचारी , नर्सहरु लगायत सम्पूर्ण स्वस्थ्यकर्मीको उपस्थितिमो आइतबार वृहत प्रदर्शन गरेको थियो ।
प्रर्दशनीमा आन्दोलनलाई थप ससक्त बनाउन आन्दोलनको स्वरुप परिर्वतन गर्दै सोमबारबाट रिले अनसन गर्ने घोषण गरेको फ्याकल्टी वेल्फेयर सोसाइटीका पुर्वअध्यक्ष एवं संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बताएका छन ।
उनका अनुसार विरामीहरुको उपचार सेवा प्रभावित नहुने भोलीबाट रिले अनसन शुरु गरिने भएको हो ।