विराटनगर/ एनआइसी एसिया बैंकको एटिएम तोडफोड गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मोरङ बुढिगंगा गाउँपालिका – २ टंकिसिनवारीस्थित सरस्वती खड्काको घरमा संचालनमा रहेको एनआइसी एसिया बैंकको एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका – ९ का २४ वर्षिय मो. ईम्तियाज र सोही ठाउँका २५ वर्षिय मो. अनिष हुसेन रहेको मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारूङले जानकारी दिए ।

उनीहरूले सोमबार विहान २०ः३० बजे एटिएम  बिभिन्न हाते औजार फलामको हतौडा, छिनो, पेच कसको सहायताले तोडफोड गरेको प्रहरीले जनाएको छ । उनीहरूले एटिएमको पैसा भने लुट्न पाएनन् ।

‘तोडफोड गर्दै गरेको जानकारी पाएलगतै घटना स्थलमा प्रहरी पुगेको थियो । प्रहरीको सक्रियताको कारणले एटिएमको पैसा लुटन भने पाएनन् ,’ डिएसपी मुकारूङले भने ।