धरान / प्रहरीले झापा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित पाँच जना युवालाई पक्राउ गरेको छ ।

उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका ९ बाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिवार राती १० बजे ७५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित स्थानीय ३६ वर्षीय दिनेश खड्का, बेलका नगरपालिका–२ का ३७ वर्षीय विनोद परियार, बेलका नगरपालिका–७ का २८ वर्षीय मेजरमान राई र २९ वर्षीय बोगटी भनिने जीवन राई लाई पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

यसैगरी, शनिवार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ का ३० वर्षीय प्रफुल राजवंशीलाई २ ग्राम २३० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो।

राजवंशीको साथबाट प्रहरीले लागुऔषध सहित डिजिटल काटा १ थान , नगद। ५,२३० रुपैयाँ र विभिन्न कम्पनीको ४ थान मोवायल समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।