लक्ष्मीमार्ग । निर्बाचन आयोगले संयोगबस हरियो मतपत्र छाप्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएको नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आरोप लगाएका छन ।
मोरङको बेलबारीमा आईतबार नेपाली काँग्रेस बेलबारी नगरसमितिले आयोजना गरेको स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेसको भुमिका बिषयक बृहत खुल्ला सभा कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले भने आयोगले कहिले रातो,कहिले निलो र कहिले हरियो मतपत्र छाप्छ,संयोगबस् यसपटक हरियो छापियो त्यसमा आत्तिनुपर्ने के छ ,उनले प्रश्न समेत गरे । उनले मतपत्रमा रंगको भन्दा ढंगको कुरा गर्नुपर्ने बताए । हरियो रंग देख्दा एमाले अध्यक्ष ओली तर्सिएको उनको दोर्होयाए । निर्बाचन लोकतान्त्रिक अभ्यास भएकोले कोही सँग कोही तर्सिनुनपर्ने उनले बताए ।
ओलीको तुक्का र उखान सुनेर एमाले खुबै बलियो पनि छ कि भन्ने भ्रम समेत भएकोले त्यस्ता तथ्यहिन कुरामा आत्तिनुपर्ने अबस्था नभएको उनले बताए । उनले ओलीतर्फ लक्षित गर्दै भने,निर्बाचन मतपरिणामले देखाउँछ कसैले अहंकार गर्नुपर्दैन । अघिल्लो निर्बाचनमा जाँदा ५० बर्ष शासन गछौँ भन्दै ध्वाँस दिएर ओलीले ५ बर्ष सत्ता टिकाउन नसकेको बताए । काँग्रेस पटक पटक निर्बाचनमा पहिलो र दोस्रो हुने कथालाई भुलेर यसपटक तिनै तहको निर्बाचनमा काँग्रेसले बहुमत ल्याउने उनले बताए ।
एमाले र माओबादी मिलेर निर्बाचन लडदा बहुमत प्राप्त गर्दा पनि ५ बर्ष शासन गर्न नसक्नु लज्जास्पद रहेको उनले बताए । काँग्रेसमा शेरबहादुर देउवाजस्ता पाका र परिपक्क नेता,गगन थापा र बिश्वप्रकाश शर्माजस्ता युवा नेतृत्वको संयोजन भएकोले यो पार्टी सबैको आर्कषण रहेको र सबै पक्षको मुद्धा समेटन सक्ने पार्टी भएको बताए । नेपाली काँग्रेस अबको १५ बर्षमा समुन्नत देश बनाउने सपनाका साथ अघि बढेको समेत बताए ।

काँग्रेस आफनै शैलीमा चल्ने पार्टी भएका कारण काँग्रेसका दिन गए,अब ५० बर्ष कम्युनिष्टले शासन गर्छ भन्ने नेताहरु काँग्रेसकै शरणमा पुगेको उनले बताए । त्यस बेला स्वार्थको सरकार भएकोले सरकार टिक्न नसकेको उनले बताए ।
उनले कम्युनिष्ट पार्टीका नोतहरु तर्फ इंगित गर्दै भने,हेर्दा तोरी र कोदो उस्तै देखिएपनि उनीहरुको बिशेषता फरक हुन्छ । कम्युनिष्टहरुले तोरी पेल्दा समेत तेल ननिक्लेर पिना मात्र निक्लेको बताए । कोरोनाको महामारीमा समेत कम्युनिष्ट सरकार जिम्मेवार नभएको र उल्टै भ्रष्टचारमा मुछिएको उनको आरोप थियो ।