धरान । पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुन लागेको किरात खम्बुवान साझा पार्टीले गाउँ गाउँमा चुनावी अभियान सुरु गरेको छ ।
चुनावी अभियानका क्रममा पार्टीले उदयपुरको बेलका र चौदण्डीमा आमसभा सम्पन्न गरेको पार्टीका केन्द्रीय अध्यक्ष भुपी कोयी राईले जानकारी दिए । पार्टीको उदयपुर जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा आ आफ्नो क्षेत्रबाट सक्रियतापूर्वक लागि पर्न केन्द्रीय अध्यक्ष कोयीले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टी पहिलो पटक निर्वाचनमा गएको स्मरण गराउँदै निर्वाचन आयोगले तय गरेको आचार संहिता पूर्ण रुपमा पालना गरेर निर्वाचन गतिविधि गर्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा विशेष अतिथि देवीबहादुर राईले निर्वाचनका लागि पार्टीले तय गरेका नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए । पार्टीका केन्द्रीय सहसचिव तथा उदयपुर जिल्ला इञ्चार्ज धु्रबराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयवासी तथा विभिन्न पार्टीका नेता कार्यकर्ता समेत उपस्थित रहेको केन्द्रीय अध्यक्ष कोयीले जानकारी दिए ।