बिर्तामोड । झापा जिल्ला फुटबल सङ्घको अध्यक्षमा पुनः भगिरथ आले ‘मामा’ सर्वसम्मत चयन भएका छन् । आले सङ्घका संस्थापक अध्यक्ष पनि हुन् ।
आले सङ्घको चौथोपटक अध्यक्षमा चयन भएका छन् । धुलाबारीमा सम्पन्न आठौँ साधारणासभाबाट आलेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
सङ्घको उपाध्यक्षत्रयमा टीकाराम प्रसाईं, मनेष दाहाल र सञ्जय राई रहेका छन् । कार्यसमितिको सदस्यमा टेकराज तिलिङ, अमिर श्रेष्ठ, जीवनकुमार मोते, वसन्त श्रेष्ठ, नोभेम्वर नेम्वाङ, बुद्धराज लिम्बू, किशोरकुमार कार्की, सन्तोष राई रहेका छन् ।
महिला सदस्य पुनम सुब्बा चयन भएको निर्वाचन समितिका अध्यक्ष अजय घिमिरेले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।