धरान । धरान उपमहानगरपालिकामा किशोर राईले प्रमुखको टिकट पाएका छन् ।
शेरबहादुर देउवा निकटका राईले प्रमुखको टिकट पाएका हुन् । नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेलका अनुसार आधिकारिक रूपमा धरानको प्रमुखको टिकट किशोर राईले प्राप्त गरेका छन् ।
‘आधिकारिक रूपमा नै जानकारी आयो’ उनले भने । धरानमा यसअघिको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका नगर सभापतिसमेत रहेका तिलक राईले निर्वाचन जितेका थिए ।
धरानमा नेपाली काङ्ग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने बताइएको छ । एमालेबाट प्रमुख पदको टिकट मञ्जु भण्डारी सुवेदीले पाएकी छन् । ओली निकट मानिएकी उनी मनोनित जिल्ला सदस्यबाट सिधै केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।