विराटनगर । विराटनगरको महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला र उपमेयरमा टिकट पाएका उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार दलबलसहित आएका कोइरालाला मेयर र यादवले महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा पाँच दलीय सत्ता गठबन्धनले महानगर प्रमुखमा कांग्रेसबाट र उपप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनाउने सहमति गरिसकेका छन् ।
२०७४ मा कांग्रेस एक्लै लड्दा पनि जितेको महानगरमा यसपटक टिकटका लागि पार्टीभित्र तीव्र प्रतिष्पर्धा थियो। शेखर कोइरालानिकट रहेका कोइरालाले सोमबार मेयरमा टिकट पाएका थिए ।