विजयपुर/ नेकपा (एमाले) धरान-१० को निर्वाचन परिचालन समितिको कार्यालय सुरु भएको छ ।

सोमबार कार्यालयको उद्घाटन गरिएको हो । धरान उपमहानगरको एमालेका प्रमुख पदका उम्मेद्वार मञ्जु भण्डारी सुवेदी र उपप्रमुख पदका उम्मेदवार पदम इस्वोलगायतका नेताको उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको हो ।

प्रमुख अतिथि मन्जु भण्डारी सुवेदीले स्थानीय तहको निर्वाचनमा सुर्य चिन्हमा मतदान गरी बिजय गराउन आग्रह गरिन् । उपप्रमुख पदका उम्मेदवार पदम इस्वोले आम धरानवासीले एमालेका उम्मेदवारलाई जिताउने बताए । धरान-१० का उम्मेदवार विवेक राईले आफ्नो जित सुनिश्चित भएको दावी गरे ।