धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका जितेन्द्र रुम्दाली राई विजयी भएका छन् । पाँच हजार ३९९ मत ल्याई राई अध्यक्षमा निर्वाचित भएका हुन् ।
राईले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारजंग याखालाई ५७१ मतान्तरले पराजित गरेका हुन् । याखाले ४ हजार ८२८ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकी मुना राईले ४ हजार ६५० मत पाएकी छिन । उनले गठबन्धनका जनता समाजवादीका लिलाराज लावतीलाई १४ मतले पराजित गरेकी हुन् । लावतीले ४ हजार १३६ मत पाएका छन् ।
गाउँपालिकाका १० वटै वडाको मतगणना सम्पन्न भएको छ । मत परिणाम अनुसार वडा नं. २, ३, ५ र ७ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा नं. १, ४, ६, ८, ९ र १० मा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।