पाँचथर । सुनसरीको इटहरीमा हुने कोशी प्रदेश स्तरीय १३ औं राष्ट्रपती रनिङ शिल्डमा सहभागी खेलाडीलाई विदाई गरिएको छ । पाँचथरबाट खेलमा सहभागी खेलाडीको आइतबार बिदाई गरीएको हो । जिल्ला स्तरीय प्रतियोगिताबाट छनौंटमा परेका बिभिन्न ६ खेलमा आवद्ध खेलाडी तथा अफिसीएल टोलीलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यैपानेले शुभकामना दिर्दै बिदाई गरेका हुन् ।

कोशी प्रदेश स्तरीय १३ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सोमबारबाट सुनसरीको इटहरीमा सुरु भएको छ ।

जिल्ला खेलकुद बिकास समिति पाँचथरको आयोजनामा भएको कार्याक्रममा औं राष्ट्रपती रनिङ शिल्डमा सहभागि हुने जिल्लाका खेलाडीहरुलाइ फिदिम नगरपालिकाले ट्याक सुट समेत वितरण गरेको थियो । कार्यक्रममा नगर प्रमुख काफ्लेले जिल्लामा बढि मात्रमा पदक ल्याउने मनसायका साथ मैदानमा उत्रन खेलाडीहरुलाई आग्रह गरे ।

इटहरीमा हुने १३ औं रनिङ शिल्डम पाँचथरबाट सहभागिता जनाउने एथ्लेटिक्स, भलिवल, कवडी, तेक्वान्दो, कराँते, उसुका कोच म्यानेजर र खेलाडी गरी ९० जनाको टोलीको बिदाई गरीएको हो । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्तोष मोक्तानको अध्यक्षतामा बिदाई कार्यक्रम सम्पन्न भएको हो ।