सुनसरीस्थित चारकोसे जङ्गलको इटहरी पानीपिया क्षेत्रमा देखिएको कालो धनेश। यिनीहरू मुख्यतः फलभक्षी हुन्, विशेषगरी सिमल, बर र पीपलको पाकेको फल यिनीहरूको मनपर्ने आहारा हो। यसले कहिलेकाहीँ साना सरिसृप (माउसुली, भ्यागुता) र कीराहरू पनि खाने गर्छ।

तस्बिरः रासस