धनकुटा । धनकुटामा प्रहरीले पाँच हजार दुई सय गाँजाका बोट उखेलेर नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहीदभूमि गाउँपालिका–५ र साँगुरीगढी गाउँपालिका–८ का विभिन्न स्थानमा खेतबारीमा लगाइएको गाँजा खेती फडानी गरिएको हो । दुवै गाउँपालिकाका विभिन्न स्थानमा गरी करिब ९ रोपनी क्षेत्रफलमा लगाइएका पाँच हजार दुई सय गाँजाका बोट नष्ट गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।