नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा राष्ट्रिय सुरक्षा, भूराजनीतिक स्वार्थ, कूटनीतिक सम्बन्ध, धार्मिक गतिविधि तथा राजनीतिक दलभित्रको आन्तरिक शक्ति सङ्घर्षसँग सम्बन्धित विभिन्न संवेदनशील विषयहरू उठिरहेका छन् । विशेषगरी प्रधानमन्त्री बालेन साहको नेतृत्वमा सरकार सञ्चालन भइरहेका बेला छिमेकी मुलुकसँगको सम्बन्ध, अन्तर्राष्ट्रिय भ्रमण, राजनीतिक नेतृत्वबीचको समीकरण तथा विभिन्न संस्थाका गतिविधिबारे अनेकौँ प्रश्न र आशङ्काहरू व्यक्त हुन थालेका छन् । यी विषयको स्वतन्त्र पुष्टि र आधिकारिक स्रोतबाट प्रमाणीकरण आवश्यक भए पनि तिनले राष्ट्रिय राजनीतिक वृत्तमा गम्भीर चासो सिर्जना गरेका छन् ।
१. मेची–कोशी क्षेत्र र दोस्रो लिपुलेकको आशङ्का
मेची–कोशी क्षेत्रको भू–भाग तथा हवाई सुरक्षासँग सम्बन्धित विषय सबैभन्दा संवेदनशील रूपमा उठाइएको छ । भैरहवा विमानस्थलको हवाई रुट व्यवस्थापनको नाममा मेची र कोशी क्षेत्रमा तत्कालका लागि लडाकु विमान उडाउन दिने सहमति भएको छ । त्यस्तै, भविष्यमा आवश्यकताअनुसार इलाम, झापा, मोरङ र सुनसरी क्षेत्रको भू–भागसमेत उपलब्ध गराउने विषयमा गोप्य सहमति भएको छ । नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोड्दै मेची–कोशी क्षेत्रलाई अर्को लिपुलेक बनाउने प्रयासका रूपमा व्याख्या गरिएको छ ।
२. राजनीतिक आलोचना र सम्भावित पक्राउको विषय
प्रधानमन्त्री बालेन साहको भारत भ्रमणसँगै विभिन्न राजनीतिक तथा कूटनीतिक विषयमा आलोचना र विवाद उत्पन्न भएको छ । उक्त आलोचनाबाट सार्वजनिक ध्यान अन्यत्र मोड्ने उद्देश्यले नेपाली काङ्ग्रेसका नेता गगन थापा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने तयारी भइरहेको छ ।
३. रास्वपाभित्र घण्टी र लौरो समूहको विभाजन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र घण्टी र लौरो समूहबीच वैचारिक तथा सङ्गठनात्मक दूरी बढ्दै गएको छ । पार्टीभित्र दुई समूहबीच शक्ति सन्तुलन, नेतृत्व र आगामी राजनीतिक रणनीतिलाई लिएर मतभेद रहेको चर्चा छ । यसै विषयलाई केन्द्रमा राखेर लौरो समूहले छुट्टै आन्तरिक सर्वेक्षणसमेत गरिरहेको बताइएको छ । उक्त सर्वेक्षणको उद्देश्य पार्टीभित्र आफ्नो समूहको प्रभाव, समर्थन र सम्भावित राजनीतिक अवस्थाको मूल्याङ्कन गर्नु रहेको छ ।
४. घण्टी र लौरो समूहभित्र धार्मिक गुटबन्दी
रास्वपाभित्रको आन्तरिक समूहगत प्रतिस्पर्धा राजनीतिक सीमामा मात्र नरहेको र धार्मिक दृष्टिकोणका आधारमा समेत फरक धार देखिएको छ । घण्टी र लौरो दुवै समूहभित्र हिन्दू तथा क्रिश्चियन पक्षधर छुट्टाछुट्टै फ्ल्याक्सन अर्थात् गुट रहेको विषय उठेको छ । यसले पार्टीको आन्तरिक एकता, वैचारिक दिशा र निर्णयमा प्रभाव पार्छ ।
५. गुम्बामा तिब्बती सांसद्हरूको भ्रमण कार्यक्रम
जोरपाटीस्थित छोजुर गुम्बा (ऋजयभवगच न्गmदब) र दक्षिणकालीस्थित छिसिनान्दो गुम्बामा तीन जना तिब्बती सांसद् आउने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलाई लिएर विभिन्न पक्षबाट प्रश्न उठेपछि र चौतर्फी आलोचना भएपछि केही समयका लागि स्थगित गरिएको बताइएको छ । धार्मिक तथा सांस्कृतिक संस्थामा विदेशी प्रतिनिधिको भ्रमणको विषय कूटनीतिक संवेदनशीलतासँग समेत जोडिन सक्ने भएकाले भ्रमणको उद्देश्य, आयोजक संस्था, सहभागीको आधिकारिक हैसियत र कार्यक्रम स्थगनको कारण स्पष्ट हुन आवश्यक छ ।
६. नेपालमा इसाईकरणसम्बन्धी गतिविधि र प्रधानमन्त्रीको विदेश भ्रमण
नेपालमा इसाईकरणसम्बन्धी गतिविधि बढिरहेको विषय राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा भइरहेको छ । प्रधानमन्त्री साहले दिल्ली भ्रमणका क्रममा हिन्दु राष्ट्रसम्बन्धी विषयमा अभिव्यक्ति दिएको तर अमेरिका भ्रमणका क्रममा फरक गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ । साथै, अमेरिका भ्रमणका क्रममा ऋजबचभिकस् भलमष्क नामका क्रिश्चियन धर्मगुरु पनि प्रधानमन्त्रीसँगै गएको भन्ने दाबी छ । प्रधानमन्त्रीको भ्रमण टोली, सहभागीहरूको हैसियत र भ्रमणको औपचारिक उद्देश्यबारे स्पष्टता आवश्यक देखिन्छ ।
७. नेपाली काङ्ग्रेसको चुनाव चिह्न रूखसम्बन्धी विवाद
नेपाली काङ्ग्रेस आन्तरिक विवाद वा कानुनी प्रक्रियाका कारण चुनाव चिह्न ‘फ्रिज’ हुन सक्नेछ । वैकल्पिक राजनीतिक परिस्थितिमा शेरबहादुर देउवाले समेत उक्त चुनाव चिह्न प्राप्त गर्न सक्ने सम्भावनाबारे चर्चा छ ।
८.Jw.org र त्यससँग सम्बन्धित संस्थाका गतिविधि
व्ध्।यचन वेबसाइट तथा त्यससँग सम्बन्धित संस्थाहरूका गतिविधिबारे अध्ययन र अनुगमन गर्नुपर्नेछ । उक्त संस्थासँग सम्बन्धित गतिविधिमा विद्यार्थीलाई बन्धक बनाउने तथा धर्म परिवर्तन गराउने गरेको आरोप छ । धार्मिक स्वतन्त्रता र व्यक्तिको मौलिक अधिकारको सम्मान गर्दै कुनै पनि संस्थाको गतिविधिमा कानुनविपरीत कार्य भएको भए निष्पक्ष अनुसन्धान हुनुपर्छ ।
९. रास्वपाभित्र नेतृत्वगत असन्तुष्टि
रास्वपाभित्र प्रधानमन्त्री साहनिकट समूह र पार्टीका अन्य प्रभावशाली नेताहरूबीच शक्ति सन्तुलनको विषय पेचिलो बन्दै गएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेसहित केही मन्त्री तथा सांसद्हरू प्रधानमन्त्रीनिकट खेमामा छन् । अर्कोतर्फ सुदन गुरुङप्रति पार्टीभित्र अविश्वास व्यक्त गरिएको र प्रधानमन्त्री बालेन साह तथा गुरुङबीच बोलचालसमेत बन्द रहेको हल्ला छ । यी विषयले पार्टीभित्रको निर्णय प्रक्रिया, नेतृत्वको प्रभाव र आगामी राजनीतिक समीकरणबारे प्रश्न उठाएका छन् ।
१०. डीपी अर्यालको सम्भावित राजीनामा र रवि लामिछानेको रणनीति
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डीपी अर्याललाई वैकल्पिक नेतृत्वका रूपमा सुरक्षित राख्ने उद्देश्यले राजीनामा गराउने तयारी गरेका छन् । भविष्यमा लामिछानेलाई राजनीतिक वा कानुनी रूपमा अप्ठ्यारो परिस्थिति सिर्जना भए डीपी अर्याललाई पार्टी सभापति बनाउने रणनीति रहेको बुझिएको छ ।
११. २० जना सांसद्को चीन भ्रमणमा
२० जना सांसद् चीन भ्रमणमा गएको र उक्त भ्रमण ऋल्थ्ए को माध्यमबाट आयोजना भएको विवरण प्राप्त भएको छ । भ्रमणको उद्देश्य, सहभागी सांसद्हरूको राजनीतिक दलगत प्रतिनिधित्व, भ्रमणको खर्च व्यवस्थापन, आयोजक संस्था तथा चीन भ्रमणका क्रममा भएका छलफलका विषयबारे जानकारी सार्वजनिक हुन आवश्यक छ । विशेषगरी विदेशी संस्थाको निमन्त्रणामा हुने राजनीतिक भ्रमणमा पारदर्शिता र राष्ट्रिय हितको विषय महत्त्वपूर्ण हुन्छ ।
१२. रवि लामिछाने र चिनियाँ राजदूतबीचको भेटवार्ता
२०८३ मंसिर ५ गते दिउँसो २ बजेर ५० मिनेटदेखि ४ बजेर २३ मिनेटसम्म रवि लामिछाने र नेपालस्थित चिनियाँ राजदूतबीच गोप्य भेटवार्ता भएको छ । भेटवार्ताको समयावधि, स्थान, छलफलका विषय र भेटको औपचारिक वा अनौपचारिकता स्पष्ट पारिएको छैन ।
१३. प्रहरी नेतृत्व परिवर्तन र खगेन्द्र सुनार निलम्बन
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको नेतृत्वसँग सम्बन्धित विषयसमेत उठाइएको छ । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई समर्थन गरेको र रोहिङ्ग्या शरणार्थीसम्बन्धी विषयमा अभिव्यक्ति दिएको कारण दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको छ । त्यस्तै, स्थानीय तहको निर्वाचनलगत्तै नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक मनोज केसीलाई समेत पदबाट हटाउने तयारी भइरहेको छ । यसका अतिरिक्त खगेन्द्र सुनारलाई आन्तरिक रूपमा निलम्बन गर्ने तयारी भइरहेको सूचना प्राप्त भएको छ । (यी लेखकका निजी विचार हुन् ।)

































