काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ भने चाँदीको मूल्यले ३५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३९० कायम भएको छ ।

बुधबार छापावाल एक तोला सुनको मूल्य दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ कायम भएको थियो ।  रासस