काठमाण्डौ/बेलायत युरोपियन युनियनबाट छुट्टिएको छ । युरोपियन युनियनबाट छुट्टिने पक्षमा ५२ प्रतिशत मत खसेको छ भने ईयूसँगै रहने पक्षमा ४८ दशमलव ०७ प्रतिशत मत खसेको छ । bb विहीबार गरिएको जनमतसंग्रहलबाट  बेलायत युरोपियन युनियनबाट छुट्टिने देखिएकाे हाे ।  अहिलेसम्मकाे गणनामा ५१ प्रतिशतभन्दा बढी छुट्टिने पक्षमा देखिएकाे छ ।  बेलायत यूरोपियन युनियन संघमा रहने नरहने फैसला गर्न भएको जनमत संग्रहमा ४ करोड ६४ लाख ९९ हजार ५ सय ३७ जनाले भाग लिएका थिए । बेलायती समयअनुसार विहान सातबजेदेखि राती १० बजेसम्म गरिएको थियो । बेलायतको इतिहासमा योे तेस्रो पटक राष्ट्रिय जनमत संग्रह गरिएको हो । यो जनमत संग्रह भन्दा अघि बेलायत युरोपीय संघमा रहने वा अलग हुने मुद्दामा चार महिनासम्म अभियान चलाइएको थियो । सन् २००८ देखि बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न थालेको थियो । सन् २००८ मा ग्रेट ब्रिटेनको अर्थव्यवस्था मन्दीको चपेटामा परेपछि बेरोजगारी बढेको थियो । आर्थिक मन्दीका कारण बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न शुरु भएको थियो । आर्थिक मन्दीका कारण बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न शुरु भएको थियो । प्रधानमन्त्री डेभिड क्यामरन तथा कन्जरभेटिम पार्टी युरोपियन युनियनबाट बाहिरिन नहुने पक्षमा देखिएका थिए । बेलायतले प्रत्येक वर्ष युरोपियन युनियनको बजेटका लागि ९ अर्ब डलर दिँदै आएको छ । ईयूबाट बाहिरिएपछि उक्त रकम दिनु पर्दैन । बेलायत र ईयू आवतजावतमा समेत छुट भएका कारण बेलायतले नोक्सान बेहोर्दै आएको छ ।एजेन्सी